सरकारी जग्गामा धमाधम निजीको संरचना

सरकारी जग्गामा धमाधम निजीको संरचना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – गोदावरी नगरपालिकाले २ सय रोपनी सरकारी जग्गा धमाधम संरचना बनिरहेको छ । गोदावरी नगरपालिका–९ मा निजी लगानीमा व्यवसायिक प्रयोजनका लागि अबैध रुपमा संरचना बनाउने काम तीव्र बनाइएको छ ।

अहिले उक्त स्थानमा भौतिक संरचना निर्माण गर्ने कामले तीव्रता पाएको छ । त्यस स्थानलाई व्यवसायिक प्रयोजनका बिभिन्न किसिमका भौतिक संरचना बनि रहेका छन ।

डाँडाभरीका रुख विरुवा काटेर डाडालाई सम्म पारिएको छ भने जथाभावी रुपमा सडक खनिएको छ । सरकारी जग्गा अतिक्रमण हुदापनि नगरपालिका भने मौन रहेको छ ।

नगरपालिकाको नगरपरिषद र नगर बोर्ड बैठकले वडा ९ स्थित फिसिङ डाँडाको २ सय रोपनी सार्वजनिक जग्गा लिजमा दिने निर्णय गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।