सरकारी योजना खरिद–बिक्रीको आरोपमा जसपा सांसद कुशवाह पक्राउ

सरकारी योजना खरिद–बिक्रीको आरोपमा जसपा सांसद कुशवाह पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

मधेश सरकारको योजना खरिद बिक्री गरेको आरोपमा अख्तियारले उनलाई काठमाण्डुको अनामनगरबाट पक्राउ गरेको छ ।

महोत्तरी क्षेत्र नम्बर ४(२) बाट प्रदेशसभा सदस्य निर्वाचित उनको घरमा अख्तियारले जेठ १२ गते आकस्मिक अनुगमन गरेर योजना सम्बन्धी कागजात नियन्त्रणमा लिँदै स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई पक्राउ गरेको थियो ।

उनी मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानून राज्यमन्त्री समेत हुन् ।