सरकारले गर्‍यो सचिवहरूको सरुवा, काे-कहाँ पुगे ?


काठमाण्डु- सरकारले सचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानेर जगेडामा राख्दै अन्य सचिवको सरुवा गरेको हो ।

महिला बालबाबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ भने उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लिराम शर्मालाई तानिएको छ ।

साथै राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवाली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् । बिहीबार नै सचिवमा बढुवा भएका दीपक काफ्लेलाई भने लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

तर, अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि विदामा बसेका अर्थ सचिव मरासिनी र उद्योग, वाणिज्य तथा आपूर्ति मनलयका सचिव अर्जुन पोखरेल भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement