उपत्यकामा ग्यास अभाव हुन नदिन ५० हजार सिलिण्डर ल्याइने

उपत्यकामा ग्यास अभाव हुन नदिन ५० हजार सिलिण्डर ल्याइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डु उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित भएपछि सरकारले तत्काल आपूर्ति सहज बनाउन पहल थालेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा भदौ १० गतेपछि गएको पहिरोका कारण भदौ १४ गतेदेखि काठमाडौं प्रवेश गर्ने सडक अवरुद्ध हुँदा एलपी ग्यास बोकेका बुलेट काठमाडौं आउन सकेका छैनन् ।

त्यसका कारण उपत्यकामा ग्यास आपूर्तिमा समस्या देखिएको हो ।

समस्या समाधानका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यास उद्योगी तथा सम्बन्धित सरोकारवालासँग छलफल गरेको जनाएको छ ।

छलफलमा काठमाण्डुमा ग्यासको नियमित आपूर्ति कायम राख्न आवश्यक समन्वय तथा वैकल्पिक व्यवस्थाबारे विचार विमर्श भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाण्डुमा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने गरेको छ ।

तर, आपूर्ति अभाव हुन नदिन ग्यास उद्योगीहरूले तत्काल ५० हजार सिलिन्डर ग्यास काठमाण्डु ल्याउने प्रतिबद्धता जनाएका छन् ।

सर्वसाधारणको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित अत्यावश्यक वस्तुको आपूर्ति नियमित बनाउन आवश्यक समन्वय र पहललाई निरन्तरता दिने मन्त्रालयले जनाएको छ ।