कांग्रेस सभापतिमा आफैं चुनाव लड्ने शशांक कोइरालाको तयारी


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला  कांग्रेसको राजनितीमा कोइराला परिवारको विरासत थाम्ने भएका छन् । महामन्त्री कोइराला कांग्रेसको सभापतिका लागी उम्मेदवारी दिने मनस्थितीमा पुगेका छन् ।

‘कोइरालाजीले शेरबहादुर देउवाबाट अब कांग्रेसको नेतृत्व हुन नसक्ने निश्कर्ष निकाल्नुभएको छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘उहाँले आफ्ना निकटस्थ नेताहरुसँग पार्टी सभापतिमा आफूलाई समर्थन गर्न र कांग्रेसलाई बचाउन आग्रह गर्नुभएको छ ।’

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग बोल्दै महामन्त्री कोइरालाले भने, ‘अबको नयाँ सभापति म नै हुँ ।’
महाधिवेशनपछि कांग्रेस नयाँ कार्यदिशा र योजनासहित अगाडि बढ्न उनले दाबीसमेत गरे ।

पत्रकार धमलाले सिटौलालाई सोधेका थिए, तपाई यसपटक कुन पदमा उमेद्वार बन्नुहुन्छ ? जवाफमा कोइरालाले यस्तो बताएका थिए ।

महामन्त्री कोइरालाले आगामी महाधिवेशनमा आफू निकटस्थसँग कांग्रेसलाई बचाउने भए आफूलाई सघाउन आग्रह गर्न थालेको स्रोत बताउँछ ।

तपाईले संसदीय दलको निर्वाचनमा शेरबहादुर देउवालाई मतदान गर्नुभएको हो भनेर सोधिएको प्रश्नमा गोप्य मतदानको कुरा भन्न नमिल्ने भन्दै टारेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement