आफू पक्षीय नेता राखेर शशांकले गरे चियापान कार्यक्रम

आफू पक्षीय नेता राखेर शशांकले गरे चियापान कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता शशांक कोइरालाले महारागन्जस्थित आफ्नो निवासमा बिहीबार चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

लोकतन्त्र दिवसको अवसरमा कोइरालाले महाराजगञ्जस्थित निजी निवासमा चियापानको आयोजना गरेका हुन् । तर कतिपयले यसलाई कोइरालाको महाधिवेशन लक्षित अभियानको रूपमा अथ्र्याइएका छन् ।

पार्टीका पूर्वपदाधिकारी लगायत आफू पक्षीय नेताहरूलाई निमन्त्रणा गरेर कोइरालाले चियापान कार्यक्रम आयोजना गरेका हुन् ।

आगामी महाधिवेशनमा छुट्टै समूह बनाउने उद्देश्यले चियापानसँगै नेताहरूसँग उनले छलफल पनि गरेका छन् । नेताहरू कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, प्रकाशशरण महतसहित चियापानमा उपस्थित थिए ।

कोइरालाले चियापनपछि उनीहरूसँग अलगै छलफल गर्ने छन् ।

चियापानमा नेताहरू एनपी साउद, दिलेन्द्र बडु, पुष्पा भुसाल, दीपक गिरी, अम्बिका बस्नेत, गुरु बराल, नैनसिंह महर, राजीव ढुंगाना, शिव हुमागाईं लगायत सहभागी छन् ।

कार्यक्रममा कोइरालाले लोकतन्त्रविरुद्ध आवाज उठाउन थालिएको भन्दै यसका पक्षमा एकजुट हुनुपर्नेमा जोड दिएका ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र लागु भएपछि पनि नेताहरूको दिमागबाट केन्द्रीकृत सोच निकाल्न सकिएन । त्यसैले अहिले नागरिकमा निराशा देखिँदै छ,’ उनले भने, ‘सातवटा प्रदेश बनेका छन्, तर प्रदेशलाई आफ्नै ढंगले चल्न कानुन र स्रोतसाधन दिन सकिएको छैन । हुनुपर्ने विकास भएको छैन ।’