काठमाण्डु – शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मुद्दाको फर्छ्यौटको हिसाबले मनोज कुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको स्पष्ट गरेका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउने क्रममा उनले सबै ६ जना न्यायाधीशको आफ्नै कार्यक्षमता भएको बताउँदै प्रधानन्यायाधीश पनि कार्यक्षमता हेरेर सिफारिस गरिएको बताए।
‘उहाँ मुद्दाको फर्छ्यौटको हिसाबमा सबैभन्दा माथि देखिनुभएको छ। उहाँको कार्यक्षमता हेरेर नै सरकारले प्रधानन्यायाशीमा सिफारिस गरेका हो’ उनले भने।
मन्त्री पोखरेलले सरकारले सीमा समस्या समाधान गर्नका लागि परराष्ट्र मन्त्रालयले भारत सरकारलाई कूटनीतिक नोट पठाइसकेको बताए ।
उनले भारतसँग कूटनीतिक संवादबारे पनि सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।
दुई देशबीच संवाद सुरु भइसकेको र परराष्ट्र मन्त्रालयले आवश्यक काम कारबाही अगाडि बढाइरहेको उनले बताए। उनले भने, ‘डिप्लोमेटिक नोट अनुसार दुई देशबीच संवाद भइरहेको छ। वार्ता हुन्छ।’




प्रतिक्रिया