गठबन्धनप्रति भ्रम फैलाउनेलाई कारबाही गर्न सरकारसँग कांग्रेस-माओवादीको माग


काठमाण्डु- नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनप्रति भ्रम फैलाउनेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । गठबन्धनमा कोही कसैप्रति घात नहुने बताउँदै यी दुबै पार्टीले शनिबार सामाजिक सञ्जालमा प्रेषित सूचना प्रति गम्भीर ध्यानाकर्षण गराएका हुन ।

दुवै पार्टीका मुख्य सचिव श्रीराम ढकाल र कृष्णप्रसाद पौडेलले संयुक्त विज्ञप्तिमार्फत नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो गराउने दुराशय भएको दावी गरेका छन् ।

‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनकाप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन् ।’। उक्त विज्ञप्तिमा भनिएको छ ।

निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्त्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement