उपराष्ट्रपति निर्वाचनमा रामसहायलाई मत दिने कांग्रेसको निर्णय


काठमाण्डु- नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको हो ।

सत्ता गठबन्धनले जनता समाजवादी पार्टी (जसपा) का यादवलाई उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाएको छ । यता नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन् । यही चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement