सत्ता गठबन्धनभित्र भागबण्डामा जुटेन सहमति, बालुवाटार बैठक निष्कर्षविहीन


काठमाण्डु- सत्तारुढ दलहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति हुन नसकेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आजको बैठकमा मन्त्रिपरिषद् विस्तारबारै कुनै टुंगो नलागेको बताए । उनका अनुसार सरकार विस्तारबारे थप छलफलका लागि प्रधानमन्त्रीले आवश्यकता अनुसार बैठक बोलाउने छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement