गठबन्धनले उम्मेदवारको साझा मापदण्ड बनाउने, चुनावी तालमेलबारे २६ गतेसम्म रिपोर्ट बुझाउन निर्देशन

गठबन्धनले उम्मेदवारको साझा मापदण्ड बनाउने, चुनावी तालमेलबारे २६ गतेसम्म रिपोर्ट बुझाउन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाँच दलीय गठबन्धनले चैत २६ गतेसम्म जिल्लाको चुनावी अवस्थाको रिपोर्टिङ गर्न निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको गठबन्धनले यस्तो निर्देशन दिएको हो ।

बालुवाटारमा बुधबार रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको गठबन्धनसम्वद्ध निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले चैत २६ गतेभित्रमा देशैभरबाट रिपोर्टिङ बुझाइसक्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । त्यसपछि २७ गते अर्को बैठक बस्ने उनले जानकारी दिए ।

‘आजको बैठकमा गठबन्धनको मोडालिटी लगायतका विषयमा केही कुराकानी भएको हो । जिल्ला समितिलाई २६ गतेभित्र विस्तृत रिपोर्ट पठाइसक्न भनेका छौं,’ उनले भने ।

त्यस्तै बैठकले स्थानीय निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बन्नेहरूको साझा मापदण्ड बनाउने निर्णय गरेको छ । तर, मापदण्ड कस्तो हुने भन्नेमा छलफल सुरु भए पनि टुंगो लागिनसकेको ती नेताले बताए ।