यी हुन ६ महानगरकाे बागडोर हाँक्ने गठबन्धनका साझा उम्मेदवार


काठमाण्डु – पाँच दलीय सत्ता गठबन्धनले ६ वटै महानगरपालिकामा मेयरको उम्मेदवार टुंगो लगाएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेको गठबन्धन दलले ६ वटै महानगरमा मेयरको उम्मेदवार टुंगो लगाएको हो ।

सहमति अनुसार काठमाण्डु, ललितपुर र विराटनगर महागरपालिकामा नेपाली काँग्रेसको भागमा परेको थियो । ३० गते हुने चुनावका लागि सोमबार कांग्रेसले मेयरको उम्मेदवार टुंगो लगाएको छ । जसमा कांग्रेसले काठमाण्डुको मेयरमा श्रृजना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरको मेयरमा नागेश कोइरालालाई उठाउने निर्णय गरेको हो ।

गठबन्धनबाटै भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य उम्मेदवार रहेका छन् । यस्तै वीरगन्ज महानगरपालिकाको मेयरमा गठबन्धनको साझा उम्मेदवारका रुपमा जसपाका राजेशमान सिंह रहेका छन् ।

गठबन्धनमा भएको सहमतिअनुसार ६ महानगरपालिकामध्ये काँग्रेसले ३ र माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी पार्टीले १–१ सिट पाएका थिए । सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका उनीहरुले आजै मनोनयन दर्ता गराउनेछन् । निर्वाचन आयोगले साँझ ५ बजेसम्मका लागि मनोनयन अवधि छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement