सत्ता गठबन्धनको बैठक बस्दै,एमसीसीबारे जुट्ला त सहमति?

सत्ता गठबन्धनको बैठक बस्दै,एमसीसीबारे जुट्ला त सहमति?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमसीसी सम्झौतामा सहमति खोज्ने प्रयासमा आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बोलाइएको छ ।

पटक-पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएका छन् । गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसिसी संसदमा टेबुलसमेत हुन सकेको छैन । गत शुक्रबार बसेको गठबन्धनको बैठकमा पनि सहमति नजुटेपछि आजको लागि बैठक बोलाइएको हो ।

सत्तासिन नेपाली कांग्रेस जसरी पनि एमसीसी टेबुल गर्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्र अहिलेको अवस्थामामा अगाडि बढाउन नहुने अडानमा छ । त्यस्तै, शनिबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले एमसीसी संसदमा टेबुल हुन दिने तर, यथास्थितीमा भने पारित हुन नदिने निर्णय गरेको छ ।

जनता समाजवादी पार्टीमा अन्यौल रहँदा जनमोर्चा सडक आन्दोलनमा होमिसकेको छ । याे अवस्थामा सत्ता साझेदार दलहरू सहयात्राको बिट मार्छन् या लम्ब्याउँछन् भन्ने चासोको बिषय बनेको छ ।

१६ फागुनभित्र एमसीसी संसदबाट पारित गरिसक्नुपर्ने अन्तिम समयसीमा भएकाले प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन्। प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । सम्भावित कार्यसूचीमा एमसीसी अटाएको छैन ।