बालुवाटारमा सत्ता गठबन्धनको बैठक: यी विषयमा भयो छलफल


काठमाण्डु- सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक सकिएको छ । आइतवार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सएिको हो ।

उक्त बैठकमा एनसेल प्रकरण, राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयक लगायत विषयमा छलफल भएको छ । माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डा नजिक पुगे पनि कसले कति पाउनेमा निष्कर्षमा पुगेको छैन ।

यस्तै पछिल्लो एनसेल र सुन प्रकरणले सरकार आलोचित भइरहेको छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड, माओवादीका महासचिव देव गुरुङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement