सभामुखसहितको सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन

सभामुखसहितको सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल निष्कर्षविहीन बनेको छ ।

बुधबार बसेको सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा प्रतिनिधिसभाको गतिरोध खुलाउने विषयमा भएको छलफल निष्कर्षविहीन बनेको हो ।

तर गृहमन्त्रीले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणको छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरुको मागमा सत्तापक्षका नेताहरु सहमत नभएपछि बैठक निष्कर्षविहीन भएको हो ।

बैठकमा सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा रानामगर, कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासिया, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइए पनि दलहरुबीच सहमति जुट्न नसक्दा सुरु हुन सकेको छैन ।