एकीकृत समाजवादीले उपनिर्वाचनमा उम्मेदवार नउठाउने


काठमाण्डु- नेकपा एकीकृत समाजवादी पार्टीले पनि बैसाख १० गते हुन लागेको उपनिर्वाचनमा पार्टीको उम्मेदवार नउठाउने भएको छ । नेकपा सत्ता साझेदार दलका उम्मेदवारलाई सहयोग गर्नुपर्ने भएकाले उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको हो ।

जसअनुसार एकीकृत समाजवादीले तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठलाई सहयोग गर्ने भएको छ । त्यस्तै यता बारामा जनता समाजवादी पार्टी जसपाका उम्मेदवारलाई सघाउने भएको हो । बार २ मा जसपाले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement