शनिबार थपिए १६७४ जना कोरोना संक्रमित,२३२३ जना डिस्चार्ज


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप  १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ६६१ पुरुष र १०१३ महिलासहित १६७४ जनामा संक्रमण पुष्टि भएको छ भने निको हुनेको संख्या २३२३ रहेको छ । यस्तै पछिल्लो २४ घण्टमा थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या १३०५ पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement