शनिबार थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि,१८०० जना कोरोनामुक्त


काठमाण्डु –नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म १ लाख २९ हजार ३०४ संक्रमितको संख्या पुगेको जनाए । योसँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ७३७ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा १८०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८९ हजार ८४० रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement