शनिबार कुन राशिका लागि कति शुभ ?


काठमाण्डु – विसं २०७७ साल कात्तिक ८ गते शनिबार । इस्वी सन् २०२० अक्टोबर २४ तारिख । नेपाल संवत् ११४० । काठमाण्डुमा सूर्योदय बिहान ६ बजेर ९ मिनेट, सूर्यास्त बेलुकी ५ बजेर २४ मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइ लेखाइमा सुधार हुँदै जाने तथा अलि बढी मिहिनेत गर्दा पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । अग्रज तथा आफन्तको सल्लाह बमोजिम अगाडि बढ्नुहोला । गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ मिष्ठान्न भोजन गर्ने अवसर जुर्नेछ ।

साङ्गीतिक माहोलमा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।  परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)  अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित काम समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित काम समयमा नै सम्पन्न हुनेहुँदा मन प्रसन्न रहनेछन् ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)  व्यापार व्यवसायमा प्रशस्त समय लगानी गरे पनि आम्दानी थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गाली खाइनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । समय मध्ययम रहेको छ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)  माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिँड्न सकिनेछ । भौतिक सम्पत्ति जुट्नुको साथै विलासी जीवन व्यातित गर्न सकिनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे) अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ । औषधिजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा लगानी गरी धन तथा सम्पत्ति कमाउन सकिनेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । नीति निर्माण तहमा तपाईंको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्नेछ । व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने पढाइ लेखाइमा भनेजस्तो सफलता हुने हुँदा मन प्रसन्न रहनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)आमा वा अग्रजको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवारमा आफन्तसँगको सम्बन्ध सुदृढ भएर जानेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ । रचानात्मक तथा कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाज सेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । आकस्मिक धन तथा सम्पत्ति हातलागी हुने योग रहेको छ । आस मारेको काम बन्नाले मन प्रसन्न हुनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)  अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ । औषधिजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा लगानी गरी धन तथा सम्पत्ति कमाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)  विदेशी सामानको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने कर्म प्राप्तिको निम्ति लामो दूरीको विदेश यात्रा हुनेयोग रहेको छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) पुराना कामबाट भनेभन्दा बढी नै आम्दानी हुनेछ । माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ भने घरपरिवारका सदस्यबाट सहयोग पाइने छ । विद्या तथा प्रतिस्पर्धामा अरू दिनभन्दा राम्रो प्रगति गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement