शताब्दी पुरुष सत्यमोहन जोशीको शव नजलाइने


काठमाण्डु – शताब्दीपुरुष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ ।

ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका जोशीको शव नजलाई अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने तयारी भइरहेको पारिवारिक स्रोतले बताएको छ ।

जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शव नजलाईने भएको हो । जोशीले मृत्यु अघि नै शरीर दान गरेका थिए ।

शवलाई अस्पतालको प्रांगणमा श्रद्धाञ्लीका लागि राखिने पारिवारिक स्रोतले जानकारी दिएको छ । जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement