नव बर्ष २०७७- सत्य पहाडी


अहिले हुरी चलेको छ
यो बषन्तलाई बिपत्तीको बादलले
ग्रहण लगाउन सक्ने छैन
न त यो महामारीले
बहारको योवनलाई रोक्नेछ
न त प्रकृतीसँग निष्फिक्रि
अंकमाल गरेर जिउन
कुनै महा संकटले नै छेक्नेछ
दृढ, र निसंकोच ढुक ढुकी
शहास र एकता को मुठी लिएर
यो संसार र मानव जातिलाई
हामी मुक्त गर्नेछौं ।

उन्मुक्त विचरीत चरी झै
सपाट आकाशको जुन झै
आपत्तिको भुमरीलाई पराजित गर्दै
सफलताको संकल्प लिदै
नयाँ बर्षको रक्तिम क्षितिजलाई
हाम्रो सलाम छ  ।

हामी फेरी भनौं
विरता को हाम्रो ईतिहासमा
हामीले कहिल्यै हारेका छैनौ
यो पहिचान सहितको
जित स्थापित गर्नलाई
नविन प्रकाशको चेतमा
शुभ प्रभात नव बर्षलाई !

प्रतिक्रिया दिनुहोस
Advertisement