रुकुम पश्चिम घटनाका दोषीमाथि कडा कारबाही होस्ः सांसद पहाडी


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद सत्या पहाडीले रुकुम पश्चिममा भएको घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेकी छन् ।

पुर्ब शान्ति तथा पुर्ननिर्माण मन्त्रीसमेत रहेकी सांसद पहाडीले जाजरकोटको भेरी नगरपालिकाका चारसहित अन्य २ जनाको ज्यान जाने गरी भएको घटनाका दोषीलाई कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेकी छन् ।

उनले पीडित परिवारलाई आफूले न्याय पाउनेगरी अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन सरकारसँग माग गरेकी छन् । त्यस्तै उनले पीडित परिवारलाई राहतको व्यवस्था गर्न माग गरेकी छन् ।

‘यो घटना आधुनिक मानवीय मूल्यलाईसमेत चुनौती दिने खालको छ’, उनले भनिन् ।

गत जेठ १० गते पश्चिम रुकुमको सोतीमा जाजरकोटाका ६ जना युवाको निर्मम हत्या गरिएको थियो । घटनापछि एक जना युवा बेपत्ता रहेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement