विचार

नारीदिवसका दिन महिला मुक्ती आन्दोलनलाई कसरी बुझ्ने ?

सत्या पहाडी
एउट काल खण्ड थियो त्यो वेला समाजमा मातृ सत्ता थियो । (देविदेवताको काल) श्रम विभाजन र निजि सम्पतीको थालनी संगै क्रमश मातृ सत्ताको ठाउँ पितृ सत्ताले लियो । पितृ सत्ताले महिला जैविक हिसावले कम्जोर हुँने भनि व्याख्य गरियो । वौद्धिक हिसावले पनि कम्जोर हुन्छन्, भनि दोस्रो तहमा राख्ने भनि व्याख्य गरियो । राजनीतिमा बाध्य, आर्थिक गतिविधीमा होईन, घरेलु र अनुउत्पादक ठाउँमा सिमित गरिदै लगियो । मत्ताधिकार लगाएतवाट बन्चित गरियो ।

Dish HomeUnited Cement

क्रमश मत्ताधिकारको माग गदैँ महिलाहरुले संगठित आन्दोलनको सुरुवात गरे । (सन् १९०८) सन् १९१७ ताका रुसमा गास र बासको नारा थपेर अरु आन्दोलनको उठान भयो । त्यसरी नै अन्तराष्टिय महिला आन्दोलनको रुप ठुलो वन्दै गयो । अन्त त सन् १९१० मा क्लारा जेड्किन रोजालग्जवर्गको अनुवाईमा कोपेनहेगनमा भएको दोस्रो अन्तराष्टिय श्रमिक महिलाहरुको सम्मेलनले ८ मार्च लाई आन्तराष्टि श्रमिक महिला दिवस मनाउने निर्णय गर्यो । सो सम्मेलनमा १७ देशका १ सय भन्दा बढी महिलाहरु सहभागी रहेका थिए । नेपालमा सन् १९७५ देखि अन्तराष्ट्रिय महिला दिवस मनाउदै आईएको छ । नेपालमा महिला समस्य र समाधानलाई वुझने सम्वन्धमा मुलभुत प्रवृती

पुरातनवादी दृष्ट्रिकोण

महिलाहरु प्रकृतिक हिसावले नै कम्जोर छन् । दोस्रो दर्जाका हुँन् र पुरुषकै सेवाका लागि जन्म भएका हुँन् भन्ने जस्ता मान्यता राख्दछन् । उनीहरु महिला सामन्ता र अधिकारको कुरा गर्न अनाआवश्यक हो भन्ने ठान्छन् । यद्यपी अहिले यो मानसिकता खुम्चिदै आएको छ ।

यर्थाथ वादी, उद्धारवादी सोच

महिला अधिकार र सामन्ताका कुरा गर्ने तर त्यसका लागि राजनीतिक तथा आर्थिक प्रणालीमा परिवर्तन आउँनु पर्छ भन्ने आवश्यक ठान्दैन्न । सांस्कृति अधिकारको कुरा गदै आशिंक अधिकारको कुरा गर्दछ । प्रजन्न , शिक्षा ,रोजगारीको कुरा मात्र गर्दछन् । यो पनि उपदेश मुलक कुरा मात्र जस्तो हुँदै आएको छ ।

माक्सवादी नारिवादी सोच

राज्यसत्तवाट महिलाहरु उत्पीडित भएकाले महिला अधिकारको सुनिश्चितता समान्ताका लागि राजनीतिक र आर्थिक प्रर्णाली नै मुख्य समस्या वनि रहेको छ भन्छन् । पितृसत्ता कारक त हो तर यो माताहातको समस्य हो । शोषनमा आधारित समाज व्यवस्था मुख्य समस्य हो भन्ने मान्यता राख्र्दछन् । उसको लागि समान्तामा आधारित समाज निमोठा हुँनुपर्दछ । त्यसका लागि सवै उत्पीडित मिलेर मुक्ती खोज्नु पर्दछ भन्ने सोच माक्सवादी नारीवादले राख्र्दछ । रेडिकल नारीवाद भन्ने पनि गरिएको छ । पितृसत्ता नारीवादको मुख्य समस्य हो ।
अहिलेसम्म जति विचार, सिद्धान्त प्रतिपादन भएका छन्, ती सवै वेकार छ, केवल नारीवादी हुनुपर्छ भन्ने सोच राडिकल नारीवाद हो । त्यसैले पुजिवाद, समाजवाद नारी हितमा छैन्न केवल महिलाले मात्र महिलाको बारेमा सोच्नुपर्दछ भन्ने सोच नै रेडिकल नारीवाद हो ।

नेपालको सन्दर्भमा

हामीले महिला समस्य र समाधानको सन्दर्भमा समानुपातिक, समावेशी व्यवस्था लागु गरेका छौँ । ३३ प्रतिशत अनिवार्य उपस्थितीको व्यवस्था महिला मुक्ती आन्दोलनमा नयाँ आयाम समेत थपिएको छ । महिलाहरुको समस्य समाधानका लागि महिला मात्रले पनि पुग्दैन् र महिला स्वंयम सहभागी नभएर पनि हुँदैन भन्ने हामीले अविलम्वन गरेको अभ्यासको सार पनि हो ।

अहिले प्राप्त अधिकार समाजका बाँढा, टाँठाका लागि मात्र हो । अव आर्थिक, सामाजिक रुपान्तरण विकास सुशाषण र संविधानको व्यावहारिक कार्यान्वयन हुनुपर्दछ । केवल कोरा समान्ताका कुरा गरेर मात्र हुँदैन्, जागरण पनि चाहिन्छ । राज्यले नीति विधी व्यवहारिक कार्यान्वय हुनुपर्दछ ।

महिला उत्पादन र आर्यआर्जन मा अनिवार्य सहभागिता गराउनु पर्दछ र रोजगारीको उचित व्यवस्था गरिदिनुपर्दछ । संविधानमा अधिकारको उपभोग गर्न सक्ने क्षमता वृद्धी पनि गर्नु जरुरी छ । अधिकारको कुरा गर्दा कर्तव्य पनि भुल्न हुदैन् । हातमा ठेला उठेका महिलाहरुलाई रोग, भोग र सोग मुक्त गर्ने अठोट नै आज अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा गर्नुपर्ने नयाँ संकल्प हो ।
१०८ औ, ८ मार्चको नारा — प्राप्त उपलव्धिको रक्षा प्राप्त समान्ताका लागि अघि वढ्यौ । १०८ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाऔँ भन्ने रहेको छ ।

Comments

comments

ad

धेरै पढिएको समाचार

NIC Asia Bank
NMB Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top