सत्यमोहन जोशीको शव नजलाइने, यसरी गरिँदैछ अन्तिम बिदाई


काठमाण्डु – शताब्दीपुरुष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ । ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा आज बिहान उपचारको क्रममा जोशीको १०३ वर्षको उमेरमा निधन भएको थियो ।

जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शव नजलाईने भएको हो । जोशीले आफ्नो मृत्यु अघि नै शरीर दान गरेका थिए ।

जोशीको शवलाई श्रद्धाञ्जलीको लागि ११ बजेर ३० मिनेटदेखि १२ बजेर ३० मिनेटसम्म अस्पतालमा राखिनेछ । र त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि ललिपुर महानगरपालिकाको प्रांगणमा साढे १२ बजेदेखि ४ बजेसम्म राखिनेछ । र पुनः किष्ट अस्पतलालाई नै शव हस्तान्तरण गरिनेछ ।

उनको अन्तिम श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विशिष्ट व्यक्तिहरु पनि आउने ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement