साउदीमा योगा महोत्सव, महिलाको उल्लेख्य उपस्थिति


एजेन्सी – साउदी अरबमा पहिलो पटक योगा महोत्सव आयोजना गरिएको छ । किङ अब्दुल्लाह इकोनोमिक सिटीमा शनिबार आयोजना भएको सो महोत्सवमा देशभरबाट एक हजार जना अभ्यासकर्ता सहभागी भएका थिए । महोत्सवमा युवती र महिलाहरुको उल्लेख्य उपस्थिति थियो ।

योगा अभ्यास गर्न र प्रख्यात प्रशिक्षकहरुको विशेष प्रस्तुति हेर्न असंख्य उत्साही र योगा अभ्यासकर्ताहरु राजधानीमा भेला भएका थिए । योगा हल र केन्द्रहरुले कार्यशाला र गतिविधि आयोजना गरेका थिए । केन्द्रले योगा अभ्यास, प्रतिष्प्रर्धा र खुला हावामा ध्यान गर्न सहभागीलाई तालिम प्रदान गरेको थियो ।

अल अरेवियासँगको एउटा अन्तवार्तामा साउदी योगा कमिटीका प्रमुख नोउफ बिन्ट मुहम्मद अल मारोइले भने, ‘दुई दशकअघि नै राजधानीका विभिन्न भागमा योगा फैलिनुको कारण यो खेलप्रतिको मोह हो ।’ साउदी राजधानी शौखिन र योगा अभ्यासकर्ताका लागि एउटा ठूलो आधार देखिन्छ । साउदीमा योगा अभ्यासकर्ता र प्रशिक्षकको संख्या दशौ हजार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement