तेलको मुल्य अप्रत्यासित रुपमा बढ्न सक्ने


एजेन्सी  ।  साउदी अरबका क्राउन प्रिन्स मोहम्म्द बिन सलमानले ईरान विश्वका लागि खतरा भएको र ईरानलाई रोक्न विश्व समुदाय सकृय नभए तेलको मुल्य अप्रत्यासित रुपमा बढ्न सक्ने बताएका छन् ।

अमेरिकी टेलिभिजन नेटवर्क सिबिएसको ‘सिक्सटी मिनेट’ कार्यक्रमका लागि दिएको अन्तर्वार्ताको क्रममा साउदी क्राउन प्रिन्स सलमानले इरानका गतिविधि भड्काउ र खतरनाक रहेको तर आफू त्यसको समाधानका लागि सैन्य विकल्पको सट्टा राजनीतिक या कूटनीतिक समाधानकै पक्षमा रहेको बताएका छन् ।

साउदी अरेबियाको शासक एमबिएसले वासिङ्गटन पोस्टमा लेख्ने पत्रकार जमाल खाशोग्गीको हत्याको आदेश आफूले दिएको भन्ने आरोप अस्वीकार गरेका छन् तर उनले देशको नेताको हैसियतमा अन्ततः खाशोग्गीको हत्याको जिम्मेवार आफू हुने उनले बताएका छन् ।

गएको वर्षको अक्टोबर २ मा टर्कीको स्थानबुल स्थित साउदी बाणिज्य दुतावासमा पत्रकार खाशोग्गीको हत्या भएको थियो । पत्रकार खाशोग्गीको हत्याको आरोप क्राउन प्रिन्स सलमानको निर्देशनमा भएको आरोप लाग्दै आएको भएतापनी अन्तर्वार्ताको क्रममा उनले आरोप पुनः अस्वीकार गरेका छन् ।

अन्तर्वातामा दुनियाँको तेल सप्लाइको ३० प्रतिसत विश्व ब्यापारको २० प्रतिसर्त िवश्वको जिडिपीको ४ प्रतिशत योगदान मध्यपुर्बले गरेको र यदी कुनै कारण यसमा असर परे विश्व आर्थिक गम्भिर असर पर्ने पनि बताएका छन् । साउदी अरबको तेल उत्पादन कम्पनी अरामकोमा भएको ड्रोन हमलालाई लिएर उनले हमलाको रणनितीक उदेश्य नभएको र कोही विश्वको तेल उत्पादनको ५ प्रतिसत हिस्सामा आक्रमण गर्छ भने त्यो पागलपन बाहेक केही नभएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement