साउदीका सेना प्रमुख परे बर्खास्तीमा


रियाद – साउदी अरबका सेना प्रमुखलाई बर्खास्त गरिएको छ । साउदीका राजाले सैन्य नेतृत्वमा व्यापक फेरबदल गर्दै सेना प्रमुखसहित सेनाका कमाण्डरहरु फेरबदल गरेको साउदी प्रेस ऐजेन्सीले जनाएको छ । समाचारमा साउदी राजा सलमानले थल सेना र वायुसेनाका प्रमुखहरु पनि परिवर्तन गरेको उल्लेख छ ।

साउदी राजाले सेना प्रमुख जनरल अब्दुल रहमान बिन सालेह अल बुनयान बर्खास्तीमा परेका छन् । बर्खास्तीमा परेकाहरुको स्थानमा अन्य सैन्य अधिकारीहरुलाई बढुवा गरिसकिएको छ । सेना प्रमुखहरु फेरबदलको कारण भने खुलेको छैन् । गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालेका युवराज मोहमद बिन सलमानको डिजाईनमा सैनिक नेतृत्वको फेरबदल भएको हो ।

गत वर्ष युवराज सलमानको भ्रष्टचारविरुद्धको अभियानअन्र्तगत दर्जनौँ राजकुमार, मन्त्री र अर्बपतिहरुलाई रियादको पाँच तारे रिट्ज कार्लटन होटलमा बन्धक बनाइएका थिए । राजा सलमानको नेतृत्वमा साउदीका विभिन्न संस्थाहरुमा व्यापक फेरबदल गरिएको छ, जसको पछाडि युवराज मोहमद विन सलमानको हात रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement