साउदी राजाका अंगरक्षक अल-फाग्हामको गोली हानी हत्या


काठमाडौं – साउदी अरेबियाका राजाको अंगरक्षकको गोली हानी हत्या भएको छ । साउदी अरेबियाका राजा सलमानका अंग रक्षकको हत्या उनका साथीले गोली हानी हत्या गरेको सरकारी अधिकारीले बताएका छन् ।

व्यक्तिगत विवादका कारण साउदी राजाका अंगरक्षक जनरल अब्देल अजिज अल–फाग्हामको हत्या शनिबार राति भएको हो । अब्देलको हत्या उनका साथी मोहमद बिन मेशाल अल अलीले गरेका हुन्।

गोली लागेर घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको हो । गोली प्रहार गर्ने अलीले आत्मसमर्पण गर्न नमानेपछि गोली प्रहार गरेको र उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement