साउदीका राजकुमारले लिए पत्रकार खशोज्जीको हत्याको जिम्मेवारी


एजेन्सी – साउदी अरबका क्राउन प्रिन्स मोहम्द विन सलमानले पत्रकार जमाल खशोज्जीको हत्याको जिम्मेवारी स्वीकार गरेका छन् । समाचार एजेन्सी रोयटर्सलाई उदृत गर्दै बिबिसीले लेखेको छ, ‘मोहम्मद विन सलमानले अघिल्लो वर्ष साउदी एजेन्टद्धारा खशोज्जीको हत्या गरेका थिए । उनले त्यसको जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।

क्राउन प्रिन्सको अघिल्लो साता प्रसारित हुने तयारीमा रहेको एक डकुमेन्ट्रीमा उनले पहिलो पटक सार्वजनिक रुपमा पत्रकार खशोज्जीको हत्या गरेको स्वीकार गरेका हुन् । इस्तानावुलस्थित साउदी वाणिज्य दूतावासमा पत्रकार जमालको हत्या भएको थियो ।

सिआइए र पश्चिमा देशहरुले पत्रकार जमालको हत्यामा साउदी क्राउन प्रिन्स सलमानको आदेशपछि भएको दावी गरेका थिए । तर साउदी अधिकारीले भने यो कुरालाई अस्वीकार गर्दै आएका थिए । पत्रकार जमालको हत्यापछि क्राउन प्रिन्सको छविमा ठूलो धक्का लागेको थियो। उक्त प्रकरणपछि विश्वभरि सबैभन्दा धेरै तेल निर्यात गर्दै आएको साउदी अरबका प्रिन्सले अमेरिका र युरोपको भ्रमण गरेका छैनन्।

सलमानले यो कुरा हत्या भएको एक साता पूरा हुनुभन्दा अघिल्लो दिन अक्टुबर १ मा प्रसारित हुन लागेको डकुमेन्ट्रमा बताएका छन् । उनले पत्रकारको हत्या आफू उक्त स्थानमा रहेकै बेला भएको स्वीकार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement