समाचार

सौराहाका होटेलमा तस्करीका जङ्गली बँदेल :नेपाली सेनाको निगरानी बढ्यो

चितवन – जिल्लाको माडी क्षेत्रबाट सौराहाका होटलमा बँदेल पठाउने गिरोह सक्रिय हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षामा कडाइ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारी र विशेष तालीमप्राप्त कुकुरले सवारी साधनको जाँचमा कडाइ गरेका छन् ।

dish home

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार माडी क्षेत्रमा जङ्गली बँदेल समाएर अर्धचेत बनाई गाडीमा राखेर सौराहाका होटलमा पु¥याउने गरेको सूचना प्राप्त भएको बताए ।सौराहाका कतिपय होटलहरुले खुलमखुल्ला जङ्गली बँदेल भन्दै बिक्री गरेको निकुञ्जलाई सूचना प्राप्त भएको उनले बताए ।

ढकालका अनुसार गाडीको डिक्की, धान, पराल लगायतका सामग्री बोक्ने गाडीभित्र लुकाएर बँदेल ओसारपसार गरिँदै आएको छ । उनले दुई हप्ता हाराहारीको फरक पारेर निकुञ्ज हुँदै माडी जाने आउने गाडीमा कुकुरसहितको सहयोगमा सुरक्षा जाँच गरिएको बताए ।यसै गरी मेघौली, कावासोती र बरण्डाभार क्षेत्रका सडक एवं राजमार्गमा पनि त्यसै गरी जाँच गरिएको उनले बताए ।

सो क्रममा यात्रुलाई सकेसम्म कम कष्ट हुने गरी जाँच गरिएको निकुञ्जले जनाएको छ ।निकुञ्जमा सुँघेर आखेटोपहार पहिचान गर्न सक्ने कुकुर दुई वटा रहेका छन् । तिनै कुकुर हाल सुरक्षा जाँचमा प्रयोग गरिएको छ । निकुञ्जमा चोरी तस्करी गर्ने व्यक्तिको पहिचान गर्न सक्ने अन्य दुई कुकुर पनि रहेका छन् ।राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु संरक्षण ऐन, २०२९ को दफा २६ ९३०मा बँदेल मार्ने वा घाइते बनाई तस्करी गरेमा २० हजार देखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद अथवा दुवै सजाय हुने ढकालले बताए ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top