एसएसपी सौरभ राणालाई पाँच दिन हिरासतमा राख्न अनुमति


काठमाडौं – निलम्बित प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सौरभ राणालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सोमबार जिल्ला अदालत सुनसरीले एसएसपी राणालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

गृहमन्त्रालयको बिहीवार बसेको बैठकले संघीय प्रहरी इकाई धरानमा कार्यारत एसएसपी राणालाई निलम्बन गर्ने निर्णय गरेको थियो । निलम्बन भएपछि उनी आइतवार जिल्ला अदालतमामा आत्मसमर्पण गरेका थिए ।

२०४९ सालमा राणा प्रहरी निरिक्षकबाट प्रहरीमा प्रवेश गरेका थिए । एक महिलालाई यौन शोषण गरेको आरोप लागेपछि गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साललाई छानविन गर्ने निर्देशन दिएको थियो । ती महिलाले एसएसपी राणाले आफूलाई लामो समयदेखि यौन शोषण गरेको आरोप लगाएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement