भारतीय क्रिकेट टीमका पूर्व कप्तान गांगुली राजनीतिमा आउँदैछन् ? स्पेनबाट यस्तो खुलासा

भारतीय क्रिकेट टीमका पूर्व कप्तान गांगुली राजनीतिमा आउँदैछन् ? स्पेनबाट यस्तो खुलासा


काठमाण्डु – भारतीय क्रिकेट टीमका पूर्व कप्तान सौरव गांगुली राजनीतिमा आउने चर्चा बेलाबेला हुने गर्छ । यतिबेला उनी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग स्पेन भ्रमणमा छन् ।

स्पेनको म्याड्रिडमा आयोजित एक कार्यक्रममा पूर्व कप्तान गांगुलीले आफू स्टील उत्पादन क्षेत्रको व्यवसायमा लागेको खुलासा गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले पश्चिम बंगालको मेदिनीपुरस्थित सालबोनीमा स्टील उद्योग स्थापना गरिरहेका छन् ।

तृणमूल कांग्रेसका प्रवक्ता कुणाल घोषले समेत यसबारे फेसबूक पेजमार्फत जानकारी दिएका छन् । उनी मुख्यमन्त्री बनर्जीसँगै १२ दिने स्पेन र दुबई भ्रमणमा छन् ।