सभापति देउवाको आरोप -ओली सरकारले जनताको हितमा कुनै पनि काम गर्न सकेन


काठमाडौं –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले जनताको हितमा कुनै पनि काम गर्न नसकेको आरोप लगाए । सोमबार नेपाली कांग्रेस कञ्चनपुर जिल्ला सम्मेलनको उद्घाटन गर्दै देउवाले जनताको हितमा कुनै पनि काम गर्न नसकेको आरोप लगाएका हुन् ।

‘ओली सरकारले कुनै देखिने काम गर्नै सकेको छैन’ देउवाले भने, ‘मुलुकमा भ्रष्टाचार, बेथिति र महंगी झन् बढेको छ ।’ सरकारले बढाउँदै गरेको करमा पनि नेता देउवाले आपत्ति जनाएका छन् । सरकारले जनतालाई सास्ती दिने र दुःख दिने गरी कर बृद्धि गरेको उनको भनाइ थियो ।

देउवाले भने, ‘अपराध दिन प्रतिदिन बढेको छ, अपराधी खुलेआम छन् । दोषीलाई सजाय दिनुको सट्टा उल्टै सरकारले संरक्षण गरिरहेको छ । नेकपाको सरकार बनिसकेपछि मुलुकमा हत्या, हिंसा, बलात्कार लगायत आपराधिक गतिविधि झन् बढेको छ ।’ देउवाले आफ्नो पार्टी कांग्रेस एक ढिक्का भएर अघि बढ्ने पनि दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement