यी हुन् संसदीय समिति सभापतिका उम्मेदवार


काठमाण्डु- प्रतिनिधिसभा अन्तर्गत संसदीय समिति सभापतिमा सांसदहरुले उम्मेदवारी दर्ता गरेका छन् । आइतबार संसदीय समितिको सभापतिका लागि सांसदहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।

यसभन्दा सत्ता गठबन्धन र नेकपा एमालेले प्रतिनिधिसभाका १० र संघीय संसदको संयुक्त दुई गरी १२ वटा समितिको नेतृत्वमा भागवण्डा गरेका थिए । भागबण्डा अनुसार आज सांसदहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

जसअनुसार लेखा समिति सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै एमालेका किरण साहले महिला बालबालिका तथा सामाजिक समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । यता नेपाली कांग्रेसबाट आरजु राणा देउवाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति र सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रकी विमला सुवेदीले कानुन, न्याय तथा मानव अधिकार समितिमा उम्मेदवारी दिएकी छन् । यता पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहले उम्मेदवारी दिएका छन् ।

त्यस्तै जनमत पार्टीका अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा भानुभक्त जोशीलाई उम्मेदवार बनाएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जसपाका राजकिशोर यादवको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement