सभापति देउवाको आरोप -सरकार अधिनायकवादतर्फ उन्मुख भयो


काठमाडौं – सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

दुई तिहाईको सरकार गठन संगै मुलुकमा राजनीतिक स्थिरता आएको चर्चा गरिएपनि त्यसको महसुस जनताले गर्न नसकेको भन्दै उनले मलुकको राजनीति सत्ताउन्मुख हुदै गएकोमा चिन्ता व्यक्त गरे ।

अधिनायवादले प्रजातन्त्रलाई नष्ट गर्ने भन्दै उनले २००७ साल देखि प्रजातन्त्रको पक्षमा लड्दै आएको पृष्टभुमिमा फेरी एक पटक प्रजातन्त्र र लोकतन्त्रको संरक्षणका लागि एकजुट हुन कार्यकर्तालाई निर्देशन दिए ।

उनले सर्वसत्तावाद उन्मुख सरकारको नियत र अधिनायकवादी चरित्र सदाका लागि अन्त्य गर्न पार्टीले शसक्त प्रतिकार गर्नुपर्नेमा समेत जोड दिए । प्रजातन्त्र रक्षाका लागि विगतमा भएका गल्ती कमजोरीलाई विर्सेर एकढिक्का भई अघि बढ्न पनि उनले नेता कार्यर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement