भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलनमा होमिन सभापति देउवाको नेविसंलाई निर्देशन


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनताले मुक्ति चाहेको बताएका छन् । शुक्रबार राजधानीमा नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवस कार्यक्रमलाई उद्घाटन गर्दैै सभापति देउवाले यस्तो बताएका हुन् ।

वर्तमान सरकार इतिहासकै भ्रष्ट भएको भन्दै उनले भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलनमा होमिन नेपाल विद्यार्थी संघलाई निर्देशन समेत दिए । उनले मनपरी ढंगबाट सञ्चालित सरकारलाई नेपाली कांग्रेसले लगाम लगाउने उद्घोष पनि गरे । कानुनविपरित मनपरि चल्ने छुट सरकारलाई नभएको भन्दै उनले जनताको कर खाएर जनताको काम नगर्ने सरकारका विरुद्ध कांग्रेसले जागरण अभियान सञ्चालन गरेको बताए ।

कार्यक्रममा कांग्रेस महामन्त्री डा. शंशाक कोइरालाले कम्युनिष्ट सरकारले देशलाई खोक्रो बनाएको आरोप लगाए । उनले अधिनायकवादतर्फ उन्मुख सरकारलाई नेपाली कांग्रेस एक जुट भएर परास्त गर्नुको विकल्प नभएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement