सावा ब्याज असुली चैत्र मसान्तसम्म स्थगन

सावा ब्याज असुली चैत्र मसान्तसम्म स्थगन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सावा ब्याज असुलीलाई चैत्र मसान्तसम्म स्थगन गरेको छ। कोरोनाबाट प्रभावित व्यवसायको लागि यस्तो व्यवस्था गरिएको हो। राष्ट्र बैंकले त्यस्ता व्यवसायको पहिचान गर्ने छ।

यो सुविधा गैर बैंकिङ संस्थाबाट ऋण लिनेहरुमा पनि दिने निर्णय पनि अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बसेको वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले गरेको छ।

बैंक तथा वित्तीय संस्थाहरुलाई नगदरहित कारोबारलाई प्रोत्सान गर्न विद्युतीय भुक्तानी दूस्तुरमा छुट दिने वा त्यस्तो शुल्क न्युनतम् कामय गराउन पनि राष्ट्र बैकलाई भनेको छ।यो समाचार आजको नागरिक दैनिकमा छ ।