नेपाललाई प्रतिनिधित्व गर्दै स्कलर्स स्पेस यूएनडिपीको अन्तराष्ट्रिय कार्यक्रममा

नेपाललाई प्रतिनिधित्व गर्दै स्कलर्स स्पेस यूएनडिपीको अन्तराष्ट्रिय कार्यक्रममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यूएनडिपी र युवा परिषद्को संयुक्त आयोजनामा हुन लागेको ‘युथ भर्चुअल एकसचेन्ज अन ई–लर्निङ’ नामक कार्यक्रमको तेस्रो अंकमा नेपाललाई प्रतिनिनित्व गर्दै स्कलर्स स्पेस सहभागी हुने भएको छ ।

१५ जुलाईका दिन विश्व युवा दक्षता दिवसका अवसरमा नेपाल र थाइल्याण्डका प्रतिनिधि वक्ताहरुले ‘ई–लर्निङ न्यू’ नामक विषयमा आफ्ना अनुभवहरु साटासाट गर्ने कार्यक्रम रहेको छ । कोभिड महामारीबीच शैक्षिक क्षेत्रमा देखिएका चुनौतीहरुको सामना गर्न ई–लर्निङको उदाउँदो पक्षमा युवाहरुले लिएको ठोस कदम र कार्यसम्पादनलाई साझा मन्चमा उभ्याउनका लागि तेस्रो अंक आयोजना गरिएको आयोजकले जनाएको छ ।

त्यसअन्तर्गत स्कलर्स स्पेसका वक्ताले ई–लर्निङको बदलिँदो आयामलाई फराकिलो परिचय दिँदै सीपयुक्त सिकाई र यसबाट विविध सामाजिक समस्या समाधानमा आफ्नो भूमिकाहरु अघि सार्ने जानकारी दिएको छ । सोहि अंकमा थाईल्याण्डलाई प्रतिनिधित्व गर्दै हिन्टका संस्थापक र नेपालबाट पनि स्कलर्स स्पेस सँगसँगै इन्क्लुजनका प्रतिनिधि पनि सहभागी हुँदैछन् । १६ देखि २९ उमेर समूहमा लक्षित कार्यक्रमलाई युथ क्यानले कार्यन्वयन गरिरहेको छ ।

उद्यमशीलता, मानसिकस्वास्थ्य, शिक्षा, जलवायू परिवर्तन, सुशासनका विषयलाई ६ अंकमा समावेश गरिने सिंगो कार्यक्रम ‘युथ भर्चुअल एक्सचेन्ज अन कोभिड एक्सपिरेन्स’ले नेपाल र थाइल्याण्डका युवासँगको सहकार्यमा यूएनडिपीको भूमिका उजागर गर्दै दिगो योजना र एक्सनमा सबैको ध्यानाकर्षण गराउने उदेश्य लिएको छ । तेस्रो अंकमा समेत अन्य अंक सरह सम्बन्धित विशेषज्ञसँग प्रत्यक्ष कुराकानी युवा वक्ताका दृष्टिकोण सुन्ने र अन्तरक्रिया गर्ने कार्यक्रमहरु राखिएका छन् ।