काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्तिका लागि अनलाइन आवेदन आह्वान (सूचनासहित)


काठमाण्डु – काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति लिन चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको छ ।

काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षा विभागले बिहीबार एक सूचना जारी गरी महानगरभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०-०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोटका लागि परीक्षाका लागि महानगरले आवेदन आह्वान गरेको हो ।

महानगरकाअनुसार आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फाराम पेस गर्न सकिने छ ।

छात्रवृत्ति परीक्षा साउन २० गते बिहान ११ देखि दिउँसो १ बजेसम्म हुनेछ । महानगरले विस्तृत जानकारीका लागि महानगरको वेबसाइट kathmandu.gov.np मा हेर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement