रिवाज फाउन्डेसनद्वारा ११० विद्यार्थीलाई न्यानो कपडा वितरण


नुवाकोट – रिवाज फाउन्डेसनकी अध्यक्ष एवं ‘मिसेज हेरिटेज २०१९’ दुर्गा विसुरालले एक विद्यालयलाई जाडोको कपडा वितरण गरेकी छन् । उनले नुवाकोटको चुतुरालेस्थित व्रह्म्यणि आधारभुत विद्यालयमा अध्ययनरत ११० विद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण गरेकी हुन् ।

मुलतः सामाजिक क्षेत्रमा क्रियाशिल रहने उदेश्यसहित यो संस्था हालै गठन भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो संस्था विदेशी दाताबाट सञ्चालन नभएको प्रष्ट पारिन ।

उनले कक्षा ८ मा अध्ययनरत एक बालकको नाममा स्थापना गरेको र उक्त बालकको खाजा खर्च, जन्मदिन विषेश गरिने खर्च तथा अन्य फजुल खर्च कटाएर सहयोग गरेको जानकारी दिइन् ।

उनले यो अवसर जुटाइदिएकोमा विद्यालयका प्रधानाध्यापक, विद्यालय परिवार तथा सहजकर्ता राप्रपा (संयुक्त)का प्रवक्ता जनकराज पाठकलाई पनि धन्यवाद व्यक्त गरेकी छन् ।

उनले कला, संस्कृतिको माध्यमबाट आफू नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम राख्न सफल भएको बताइन् ।

कार्यक्रममा संस्थाका सदस्य रजेश विसुराल, संस्थाकै सदस्य एवं राप्रपा(संयुक्त)का प्रवक्ता पाठक तथा सदस्य रिवाज विसुरालको उपस्थित रहेको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रवक्ता पाठकले राजनीतिक क्षेत्रले भन्दा सामाजिक क्षेत्रले जनतामा राहत पुर्याउन सकिने अवस्था रहेको बताए ।

उनले सरकारले नै सरिकारी विद्यालयलाई उपेक्षा गरेक‍ो कारण सरकारीले नीजि विद्यालयसंग प्रतिस्पर्धा गर्न कठिन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement