काठमाण्डु– सरकारसँग वार्ता गर्न गएका नेपाल शिक्षक महासंघका अधिकारीहरू सिंहदरबारको गेट बाटै फर्किएका छन् ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको बताए ।
यसअघि शिक्षा मन्त्रालयले वार्ताका लागि २५ जना आउने र उनीहरूलाई प्रवेश पास उपलब्ध गराउन भन्दै पत्र सार्वजनिक गरेको थियो।
अध्यक्ष सुवेदीले भने ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।
उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको पनि बताए ।
यसअघि अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानुभाइ कार्कीले वार्ताका लागि गएका शिक्षकका प्रतिनिधिलाई सिंहदरबारको गेट पास नदिएपछि फर्किएकोे बताएका थिए ।

प्रतिक्रिया