काठमाण्डु – नेपाल शिक्षक महासंघका नेताहरूले बुधबार सरकारसँग गरेको सहमतिमा विद्यालय कर्मचारी परिषद्ले आपत्ति जनाएको छ ।
बुधबार भएको सहमतिबारे जानकारी दिन काठमाण्डुमा आयोजित कार्यक्रममा विद्यालय कर्मचारीहरूले असन्तुष्टि जनाउँदै महासंघ नेतृत्वविरुद्ध नाराबाजी गरेका छन् ।
महासंघले गरेको सहमतिमा कर्मचारीका माग समावेश नगरेको विद्यालय कर्मचारीहरूले जनाएका छन् । माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारीहरूले असन्तुष्टि जनाएको महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन् ।
आन्दोलनको उपलब्धिबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।
परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका थप कार्यक्रम समीक्षा बैठकपश्चात् कार्यक्रमहरू सार्वजनिक गरिने जनाएका छन् ।

प्रतिक्रिया