विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा (कार्यक्रमसहित)

विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा (कार्यक्रमसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रम अनुसार जेठ १० गतेदेखि माइतीघरमा सडक आन्दोलन गरिनेछ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत परिषद्ले आन्दोलन परिचालन समिति गठन गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

सरकार र नेपाल शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीहरूले शुक्रबार आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

कर्मचारी परिषद्ले महासंघले सरकारसँग गरेको सहमति धोका दिएको भन्दै आएको छ ।

आन्दोलनको संयोजकमा बब्बन मिश्र तोकिएका छन् । परिषदका अध्यक्ष गंगाराम तिवारीले शिक्षक महासंघले रहस्यमय ढंगले सरकारसँग सम्झौता गर्दै राहत, बाल विकास र विद्यालय कर्मचारीलाई बेवास्ता गरेको बताए । ‘शिक्षक महासंघले आफूखुसी सम्झौता गर्‍यो, विद्यालय कर्मचारीका हितपूर्ण मुद्दाहरूलाई बेवास्ता गर्‍यो,’ अध्यक्ष तिवारीले भने ।

परिषद्ले अबको आन्दोलन शिक्षकमात्र होइन, कर्मचारी अधिकार सुनिश्चित गर्न केन्द्रित हुने जनाएको छ ।