श्रीलङ्काले म्यानमारलाई ६० लाख डोज कोरोना खोप सहयोग गर्ने


एजेन्सी – श्रीलङ्का सरकारले म्यानमारलाई चार करोड अमेरिकी डलर बराबरको कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने भएको छ ।

स्वास्थ्यमन्त्री केहेलिया रम्बुक्वेलाले शुक्रबार पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । उनले श्रीलङ्कासँग फाइजर भ्याक्सिनको ९० लाखभन्दा बढी डोज रहेको र म्यानमारलाई ६० लाख डोज दिने योजना रहेको बताएका हुन् ।

मन्त्रीले रम्बुक्वेलाले यो वर्षको अन्त्यसम्ममा खोपको म्याद सकिने बताएका छन् । रम्बुक्वेलाले श्रीलङ्काका अधिकारीहरूले म्यानमारमा खोपहरू पु¥याउन विश्व स्वास्थ्य संगठनसँग काम गरिरहेका बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement