धितोपत्र बोर्ड अध्यक्षमा तीन जना सिफारिस गर्न पर्ने महान्यायाधिवक्ताको राय

धितोपत्र बोर्ड अध्यक्षमा तीन जना सिफारिस गर्न पर्ने महान्यायाधिवक्ताको राय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महान्यायाधिवक्ताको कार्यालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा अन्तर्वार्तामा सहभागी भएका दुई जनालाई मात्रै सिफारिस गर्न नमिल्ने राय दिएको छ । महान्यायाधिवक्ताको कार्यालयले कि पहिलो चरणमा छानिएका पाँचमध्ये तीन जनाको नाम सरकारलाई सिफारिस गर्न नत्र नयाँ प्रक्रिया सुरू गर्न अर्थमन्त्रालयलाई राय दिएको निकट स्रोतले जानकारी दियो ।

सिफारिस समितिले पहिलो चरणमा १९ जनाबाट सन्तोषनारायण श्रेष्ठ, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंलाई छानेको थियो।

उनीहरूमध्य पहिलो पटक बोलाएको अन्तर्वार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै उपस्थित भए। अर्को पटक पुनः अनुपस्थितलाई वार्तामा बोलाइए पनि उनीहरू अनुपस्थित रहे।

दुई पटका बोलाउँदा पनि तीन उम्मेदवार अन्तर्वार्ताको लागि अनुपस्थित भएपछि अर्थ मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको थियो। धितोपत्र ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि सरकारलाई कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ।