सचिव सरुवा : सामान्यमा पुस्कर, प्रधानमन्त्री कार्यालयमा पोखरललाई जिम्मेवारी


काठमाण्डु-  सरकारले दुई सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका सचिव कृष्णहरि पुस्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ ।

संघीय मामिलाका सचिव अर्जुन पोखरेल प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । पुष्कर यसअघि अर्थमन्त्रालयका सचिव थिए । उनको अर्थमन्त्री विष्णु पौडेलले एक वर्ष नपुग्दै सरुवा गरेका थिए ।

प्रधानमन्त्री कार्यालयमा रहेका सचिव कृष्णहरिलाई प्रधानमन्त्री कार्यालयमा सरुवा भएको एक महिना नपुग्दै फेरी सामान्यमा सरुवा गरिएको छ । सरकारका मन्त्रीहरुले पछिल्लो समय आफुखुसी सचिवहरुको सरुवा गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement