सुर्खेतमा दुई दिने सुरक्षा गोष्ठी सम्पन्न


सुर्खेत – गृह मन्त्रालय र कर्णाली प्रदेशको आयोजनामा दुई दिने सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।

माघ १० र ११ संचालन भएको गोष्ठीमा कर्णाली प्रदेशका १० वटै प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

गोष्ठीमा सो प्रदेशका सबै प्रजिहरूले आफ्नो जिल्लाको सुरक्षा लागय अन्य अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।

गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव प्रेमकुमार राई लगायतले प्रदेशको सुरक्षा स्थितिबारे जानकारी लिएका थिए ।

गोष्ठीमा सम्बोधन गर्दै गृहसचिव राईले जिल्लामा शान्ति सुरक्षा कायम गर्दै अपराध नियन्त्रण गरी सेवा प्रवाहा सुधार सुशासन कायम गर्न सबै निकाय चनाखो हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा गृहमन्त्री थापाले सरकार भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानमा निरन्तर अघि बढेको बताएका थिए ।

यसका साथै अपराध मुक्त समाज निर्माणमा सरकारले ध्यान केन्द्रित गरेकोसमेत उनको भनाइ थियो । गोष्ठीको अध्यक्षता प्रदेशका आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement