एसईईको नतिजा सार्वजनिक,कसरी हेर्ने ?

एसईईको नतिजा सार्वजनिक,कसरी हेर्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय काक्षा १० ले २०८१ चैत ७ देखि सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार साँझ सार्वजनिक गरेको हो ।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

एसईईको नतिजामा ६१.८१ प्रतिशत उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

नतिजा अनुसार ३.६ देखि ४ जिपिए ल्याउने ४८ हजार १७७ जना ३.२ देखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ देखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना रहेका छन् ।

बोर्डको वेबसाइट https://www.neb.gov.np/ बाट  एसइईको नतिजा हेर्न सक्छन्। यस्तै, टेलिफोन वा मोबाइल फोनबाट १६०० डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि हेर्न सक्नेछन्। यस्तै इ-सेवा, खल्तीबाट पनि हेर्न सकिने छ ।