परिक्षा बोर्डको बैठक बस्दै, एसईईको नतिजा दिउँसै आउने


काठमाडौं – राष्ट्रिय परिक्षा बोर्डले एसईई परीक्षाको नतिजा आज दिउँसो नै प्रकाशित गर्ने भएको छ ।

नतिजा प्रकाशित गर्न बिहिबार दिउँसो बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जनाकारी दिए । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुने अधिकारीको भनाई छ ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

एसईईको नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ । यसका लागि अंग्रेजीमा एसईई टाइप गरेर स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ ।

यसका अलावा १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ । यस्तै see.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement