सुकुम्बासीलाई जेफ बेजोसले १ अर्ब १२ करोड डलर दान दिने


वासिङटन – संसारका सबैभन्दा धनी अमेजनमा मालिक जेफ बेजोसले यस वर्ष ९८ दशमलब ५ लाख अमेरिकी डलर दान गर्ने भएका छन् ।

उनले सहयोग गर्ने यो रकम १ अर्ब १२ करोड ९५ लाख नेपाली रुपैयाँ भन्दा बढी हुन आउँछ । आश्रयस्थलमा बस्दैआएका घरबार विहीन परिवारहरुलाई सहयोग गर्ने ३२ संस्थालाई उनले २०१९ मा उक्त रकम चन्दा दिने घोषणा गरेका हुन् ।

बेजोसले आफ्नै नाममा २०१८ मा सुरु गरेको ‘फाउन्डेशन’को तर्फबाट यस्तो सहयोग गर्दै आएका छन् । घरवार विहीन परिवारलाई सहयोग र बालबालिकाका लागि मन्टेसोरी स्थापना गर्नु उनको फाउन्डेशनको उद्देश्य छ ।

उनले यस वर्षको चन्दा २३ देशका ३२ संस्थालाई दिने भएका हुन् । गत वर्ष बेजोसले २४ संस्थालाई सहयोग गरेका थिए । बेजोस पछिल्लो वर्ष विल गेट्सलाई उछिन्दै संसारकै धनी व्यवसायीको रुपमा चिनिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement